कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभा अगाडि प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच भएको झडपमा ४६ जना घाइते भएका छन् । झडमका क्रममा प्रहरीले ३८ राउण्ड हवाइ फायर गरेको छ भने ७४ सेल अश्रुग्यास प्रहार गरेको छ ।  

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग आज दिउँसो झडप भएको हो । प्रहरीले भिड नियन्त्रण बल प्रयोग गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । 

झडपमा परी १६ जना प्रर्दशनकारी र ३० जना प्रहरी घाइते भएका छन् । भीडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा हानेको थियो ।