सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।

दोस्रो लेगको आठौं चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

२० खेलमा २५ अंक जोडेर १० औं स्थानमा रहेको पुलिस आज आठौं जितको योजनामा हुनेछ । २० खेलमा २१ अंक जोडेर पुछारमा रहेको खुमलटार सातौं जितको खोजीमा हुनेछ ।

यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । २० खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको हिमालयन आज सातौं जितको योजनामा रहेको छ ।

२० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको थ्री स्टार सातौं जितको योजनामा रहेको छ ।