देउराली । जातेमा जारी नकआउट फूटबल प्रतियोगिताको बुधबार भएको खेलमा  ब्वाइज क्लबले खेरुवा फुटबल क्लबलाई २-१ ले पराजित गराएको छ ।

  जाँते फूटबल क्लबको आयोजना भईरहेको बुधबार पाचौं दिनको खेलमा खेरुवाले सुरुवाती अग्रता लिएपनी अग्रता लामो समयसम्म टिकाउ नसक्दा   द ब्वाइज  बिजय भएको हो। 

 जर्सी नम्बर ९ ले खेलको पहिलो गोल गरेर खेरुवालाई अग्रता दिलाउदा द ब्वाइजका जर्सी नम्बर  १३ का यमन मगर र जर्सी नम्बर ११ का सागर तिवारीले एक-एक  गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच द ब्वाईजका सागर  तिवारी घोसित भए । 

आजको खेल आयोजक जाँते फूटबल क्लब र युनाईटेड फूटबल क्लब बिच हुनेछ ।