धरान । भारत सरकारको अनुदान सहयोगअन्तर्गत कार्यान्वयन हुने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि भारतीय राजदूतावास, काठमाडौं तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई परियोजनाको अनुमानित लागत ८ दशमलव ३३ करोड रहेको छ ।
रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा परियोजना सञ्चालन हुने जनाइएको छ । रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत् कार्यान्वयनमा आउने भएको छ । स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध हुने लक्ष्य लिएको छ ।