राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति विस्तार कार्यक्रमअन्तर्गत वराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ मा समिति निर्माण गरिएको छ ।
मंगलबार चतरास्थित बोलबम धर्मशालामा उपस्थित भेलाले समितिको १ नम्बर वडा संयोजकमा थामशेर राई र २ नम्बर वडा संयोजकमा मदन न्यौपानेलाई चयन गरिएको छ ।
१ नम्बर वडा समितिको उप-संयोजकमा रोशन भट्टराई, सचिव छेलुङ्मा राई, कोषाध्यक्ष तीर्थ राईलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा प्रकाश कार्की, अनोज कायस्थ, शौकुमार राई, तीर्थराज धिमाल, नारायण भण्डारी र दुर्गा बस्नेत रहेका छन् ।
यस्तै २ नम्बर वडासमितिको सचिवमा फडिन्द्र गौतमलाई चयन गरिएको छ । सदस्यहरुमा ईश्वरदीप श्रेष्ठ, नरेन्द्र कार्की र नेत्रप्रसाद गौतम रहेका छन् ।
वराहक्षेत्रको १ र २ नम्बर वडा समिति निर्माण भएसँगै नगरका सबै वडा समितिले पूर्णता पाएको पार्टीका सुनसरी जिल्ला संयोजक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टीका प्रदेश उप-सभापति सरिन तामाङ ( गोमा) को उपस्तिथिमा वडा समिति विस्तार गरिएको हो ।
वराहक्षेत्रका ११ वटै वडामा राष्ट्रिय स्वतन्त्र पार्टी विस्तार, चतरामा तदर्थ समिति
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































