धरान । डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले साहित्यमा योगदान पुर्याएका साहित्यकार प्रा.डा. गोपाल भण्डारी र कवि टीका आत्रेयलाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले भण्डारीलाई २५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति साहित्य पुरस्कार’ र आत्रेयलाई १५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति युवा प्रोत्साहन पुरस्कार’ प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र प्रतिष्ठानकी संरक्षक सरला चापागाईंले दोसल्ला ओढाई सम्मान–पत्र हस्तान्तरण गरे । नगरप्रमुख कोइरालाले नगरले भाषा, साहित्य र संस्कृतिको विकासमा जोड दिएको बताए ।