पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी चौथो “कुम्मायक गोल्डकप” प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा फिदिम नगरपालिकालाई १–४ को अन्तरले हराउदै मिक्लाजङ गाउँपालिकाले सेमिफाइनलको यात्रा पक्का गरेको छ ।

कुम्मायक–४ स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा फिदिमलाई १–४ गोलको फराकिलो अन्तरले हराउदै मिक्लाजुङ सेमिफाइनको यात्रा पक्का गरेको हो ।

त्यस्तै आजकै दोस्रो खेलमा हिलिहाङ गाउँपालिकालाई २–४ को अन्तरले पाखा लगाउदै फाल्गुनन्द गाउँपालिकाले सेमिफाइनको यात्रा शुरक्षित गरेको छ । उस्ले कठीन जीत निकाल्दै सेमिफाइनको यात्रा पक्का गरेको हो ।

प्रतियोगिताको उकृष्ठ खेल प्रर्दशन गर्ने मिक्लाजुङका बिजय तामाङ र फाल्गुनन्द गाउँपालिकाका रितिक आङ्देम्बे घोषित भए ।  उकृष्ट खेलाडीलाई कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापोले नगद रुपैयाँ सहित कप, मेडल प्रदान गरेका थिए   ।

प्रतियोगिताको चैत १३ गते याङवरक गाउँपालिका र तुम्बेवा नगरपालिका बीच हुने भएको छ । सोही दिनको दोस्रो सेमिफाइनल खेल कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिका बीच दिउसो ३ बजे हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफ, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।