धरान । नेपाली काङ्ग्रेसको भातृसङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुनसरी गठन भएको छ ।

ओम थापा मगरको सभापतित्वमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय समिति गठन गरेपछि विगतको सङ्घको केन्द्रदेखि वडासम्मकै संरचनाहरू भङ्ग गरिएको छ । उनले तिलक सुनुवारलाई जिल्ला सभापति चयन गरेका छन् ।

सभापति सुनुवारले जिल्ला अन्तर्गतका प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र पालिका तहबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरू मनोनित गरी समिति विस्तार गर्दै जिल्ला कार्यसमिति गठन गरेको हो ।

महासङ्घमा मनोनित हुनेहरूमा मन्सीलाल मण्डल (इनरुवा), लुइस राई (धरान), भूवनेश्वर चौधरी (रामधुनी), देवीलाल चौधरी (दुहबी), मुना लिम्बू (धरान), टेकबहादुर राई (वराहक्षेत्र), अनिता गुरुङ (इटहरी), विशेश्वर उराँव (देवानगञ्ज), दीपनारायण यादव (गढी), मेनुकुमारी राई (इटहरी), पूर्ण राई (वराहक्षेत्र), सूर्यनारायण मण्डल (हरिनगरा), दिनेश खम्बु राई (वराहक्षेत्र) रहेका छन् ।

त्यस्तै शिवनारायण मण्डल (कोसी), सत्यनारायण उराँव (हरिनगरा), शशी थापा मगर (इनरुवा), दिनेश श्रेष्ठ (गढी), रामचन्द्र चौधरी (रामधुनी), रामनारायण मण्डल (देवानगञ्ज), पुष्पलाल उराँव (भोक्राहा), सन्तोष तामाङ (दुहबी), श्यामकुमार राई (धरान) रहेका छन् । कार्यक्रममा उपसभापति पङ्कज महतो, सचिव माधव घिसिङ, सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा सुनसरी १(क) का सभापति अनिल श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।