धरान । मारवाडी महिला मञ्च धरानले महिला रोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

महिला दिवसको अवसर पारेर मञ्चले गत बुधबार बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो । मञ्चको आयोजना र धरानस्थित विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यस्तै २५ जना बिरामीको अल्ट्रासाउन्ड पनि गरिएको थियो । महिला मञ्चकी अध्यक्ष गीतादेवी अग्रवालको अध्यक्षता तथा प्रोफेसर डा. चन्द्रशेखर अग्रवालको प्रमुख आतिथ्य तथा मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालको विशेष आतिथ्यमा सम्पन्न शिविरमा तीनजना चिकित्सक र स्वास्थ्य प्राविधिकले जाँच गरेका थिए ।