धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न कार्यक्रम सहित विश्व मुख स्वास्थ्य दिवस मनाईएको छ ।

प्रतिष्ठान स्थित कलेज अफ डेन्टल सर्जरीमा सोमबार प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीहरुले दाँत तथा मुखको स्वास्थ्य सम्बन्धि भिडियो, फोटो, पोष्टर तथा लेखहरु प्रदर्शन गरेका छन् । सोहि अवसरमा विद्यार्थीहरुले सचेतनामुलक नाटक प्रदर्शन गरे भने फेस पेन्टिङ लगायतका कार्यक्रम पनि गरिएको थियो । 

IMG-9476

नेपाल डेन्टल एसोसिएसन सुनसरी शाखा र विद्यार्थी ईकाइले संयुक्त रुपमा आयोजना गरेको सचेतनामुलक कार्यक्रमको प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा.संजिबकुमार शर्माले रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा डीन, प्रा.डा.शिवेन्द्र झा तथा कलेज अफ डेन्टल सर्जरीका प्रमुख प्रा.डा.आशिष श्रेष्ठ लगायत सहभागी थिए ।

विश्वभर हरेक वर्ष मार्च २० का दिन मनाइने विश्व मुख स्वास्थ्य दिवसको यो वर्षको नारा ूआप्mनो मुखको स्वास्थ्य माथी गर्व गरौू थियो । सोही नारा अनुसार मुखको स्वास्थ्य बारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम आयोजना गरिएको नेपाल एसोसिएसन एसोसिएसन सुनसरी शाखा अध्यक्ष डा.मन्नु विक्रमले बताए ।