धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)लाई उपमहानगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यले २४ घण्टे अल्टिमेटम दिएका छन् । 

आइतबार दिउसो उपमहानगरपालिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगर प्रमुख साम्पाङले वडाध्यक्षहरूको मानमर्दन तथा अपमान गर्नुका साथै हेपाहा प्रवृत्ति देखाएको भन्दै २४ घण्टा भित्र माफी नमागे आन्दोलन गर्ने चेतावनीसहितको अल्टिमेटम दिएका छन् । 

नगर प्रमुखको निजी सचिवालयको कर्मचारीले   उपमहानगरको लोगो दुरुपयोग गरेको, क्षेत्राधिकार मिचेको, सेवाग्राहीको अपमाग गर्नुका साथै,  एकलौटी निर्णय गर्ने, बजेर र योजनामा कार्यपालिकाका बहुमत सदस्यको माग सम्बोधन नगर्ने जस्ता कार्य गर्ने गरेको भन्दै नगर प्रमुख विरुद्ध वडाध्यक्षहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।

असन्तुष्ट बहुमत सदस्यहरूको हस्ताक्षरसहितको विज्ञप्तिमा कार्यपालिकामा नगर प्रमुखको कार्यशैली प्रति असन्तुष्टि जनाएकै आधारमा कार्यपालिका सञ्चालन नियमावली भन्दा बाहिर गएर स्पष्टीकरण माग्नुका साथै वडाको कार्यक्रममा समेत रोक लगाएको बताइएको छ ।