बराहक्षेत्र । लायन्स क्लब कालाबञ्जारले खुला दौड म्याराथनको आयोजना गरेको छ ।

क्लबले  वराहक्षेत्र नगरपालिकाको  वडा नं. ५ मा शनिबार ११ किलोमिटर लामो म्याराथनको आयोजना गरेको हो । ४० जना सहभागी म्याराथन कालाबञ्जार चौकबाट सुरु भएर वडा नं. ३ को नडाहा, विशाल चौक र जम्टोकी भएर कालाबञ्जार आएर सकिएको थियो । धरानस्थित मेघा कलेजका किरन लिम्बू ३९ मिनेटमा निर्धारित दूरी पार गर्दै प्रथम भए ।

यसैगरी दमक बहुमुखी क्याम्पसका सरोज सिंहले ३९ मिनेट ४९ सेकेन्डमा दोस्रो र ४३ मिनेट २३ सेकेन्डमा वराहक्षेत्र वडा नं. ७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसका सूर्या तामाङ तेस्रो भए ।

महिलातर्फ  १ घण्टा ११ मिनेट २५ सेकेण्डमा दूरी पूरा गर्दै वराहक्षेत्र–४ की स्मृति चौधरी प्रथम भइन् भने स्मृतिभन्दा १५ सेकेण्डले पछि भएकी वराहक्षेत्र वडा नं.७ की झरना नेपाली दोस्रो भइन् ।

विजेताहरूलाई प्रमुख अतिथि सेकेण्ड भिडिजी लायन विकास अधिकारी, क्षेत्र प्रमुख निर्मला चौधरीलगायतले पहिलो, दोस्रो र तेस्रो हुनेलाई जनही १०, ७ र ५ हजार रुपैयाँ तथा प्रमाण–पत्र वितरण गरेको कालाबञ्जार लायन्स क्लबका अध्यक्ष सुनिल साहले बताए ।