धरान । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरूका लागि आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ‘मज्जाको प्लान’ ल्याएको छ ।
‘मज्जाकोे प्लान’ आज (शुक्रबार) देखि सञ्चालनमा आउनेछ । यो प्लान इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।
ग्राहकले यो स्टार्टर प्याक करसहित ५ सय ९९ रुपैयाँमा खरिद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १ सय ५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ ।
यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २ सय वा सो भन्दामाथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले २ सयदेखि ४ सय ९९ को रिचार्जमा ५ प्रतिशत बोनस क्यासब्याक प्राप्त गर्न सक्छन् भने ५ सय वा सोभन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनसको मज्जा लिन सक्नेछन् ।
यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो आकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५ सय ९९ मा नै आफ्नो आवश्यकताअनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन् । त्यस्तै प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरू एनसेल एप तथा अन्य माध्यमहरू जस्तै एसएमएस र युएसएसडीबाट सुचारु गर्न सक्छन् ।
ग्राहकहरूको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएको यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास लिएको एनसेलले विज्ञप्तिमार्फत् जनाएको छ ।