भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समिति र नेपालको सबैभन्दा ठुलो उद्योग चौधरी ग्रुपबीच सम्झौता भएको छ ।
मङ्गलबार झापाको भद्रपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको मुुस्ताङ वियर रहने गरि सम्झौता भएको हो ।
आयोजक समितिका तर्फबाट अध्यक्ष दिपेश ढकाल र चौधरी ग्रुपका तर्फबाट नेश्नल हेड सेल्स युवराज खत्रीले भद्रपुर झापा गोल्डकपको मुख्ख प्रायोजक चौधरी ग्रुप रहेको पत्रमा हस्ताक्षर गरेका थिए ।
भद्रपुर झापा गोल्डकपको संरक्षक एवम भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले नगरभित्र रहेका पुराना तथा ऐतिहासिक धरोहरहरु बचाउने क्रममा मेची रङगशाला पनि विषेश रहेकोले नगरको निति तथा कार्यक्रममानै रङगशालालाई राखेको बताए । पोखरेलले भने “यो फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने विभिन्न महानुभावहरुलाई धन्यवाद दिदै विषेश गरेर नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले चौधरी ग्रुपसँग मुख्य प्रायोजक बनिदिनका लागि प्रमुख योगदान रहेकोले उहाँलाई विषेश धन्वाद दिन चाहान्छु” ।
कार्यक्रममा बोल्दै चौधरी ग्रुपका नेश्नल हेड सेल्स खत्रीले भने ‘भद्रपुर झापा गोल्डकप’ को मुख्य प्रायोजकका रुपमा हामी प्रस्तुत हुन पाउदा गौरवान्वित भएका छौ, साथै यस नगरक्षेत्र भित्र अवको एक महिना सम्म मुुस्ताङ वियरमय बनाइदिन पनि आग्रह गरे ।
आयोजक समितिका अध्यक्ष ढकालले प्रतियोगिताको तयारी लगभग पुरा भएको जानकारी गराउदै जतिपनि महानुभावहरुले खुला मनले जति सकेको सहयोग गर्नु भएको छ उहाँहरु प्रति धेरै आभारी रहेको बताए । प्रतियोगितामा नेपालका सात टिम र भारत बङ्गलादेश र भुटान गरि दशवटा टिमको सहभागिता रहेको बताए ।
यहि फागुन ७ गतेदेखि १६ गतेसम्म हुने ‘भद्रपुर झापा गोल्डकप’ मा पार्किङ निःशुल्क रहेको छ भने ६८ वर्ष भन्दा माथिका नागरिकलाई भद्रपुुर नगर भित्र रहेका विद्यार्थीहरुलाई र भिन्न प्रकृतिका नागरिकलाई पनि निःशुल्क प्रवेश गर्न सक्ने वातावरण वनाएको आयोजक समितिले बताएको छ ।