भद्रपुर । शनिश्चरे फुटबल क्लब शनिश्चरेले निर्मल बान्तवा मेमोरियल फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।  कलवलगुरी समाजको आयोजनामा भद्रपुर–१० स्थित कलवलगुरी प्राथमिक विद्यालयको खेल मैदानमा शनिबार भएको उपाधि भिडन्तमा के के एफ सीलाई टाइब्रेकरमा पराजित गर्दै शनिश्चरेले उपाधि हात पारेको हो  ।

उपाधि भिडन्तको निर्धारित समयमा दुवै टोलीले १÷१को बराबरी खेलेपछि निर्णयका लागि गरिएको पेनाल्टी सुट आउटमा शनिश्चरे विजयी भएको हो  ।

विजेता बनेसंगै शनिश्चरेले नगद  १ लाख ५० हजार शील्ड, प्रमाणपत्र र उप बिजेताले ७५ हजार रूपैयासहित ट्रफी र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा शनिश्चरे फुटबल क्लबका सौरभ लिम्बूले प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारे भने उत्कृष्ट गोल किपर र उत्कृष्ट कोच पनि शनिश्चरेको टोलीले जित्दै नगद ५÷५ हजार हात पारेको आयोजक समितिका सचिव सरोज काफ्लेले जानकारी दिए ।

माघ ७ गतेदेखि जारी प्रतियोगिताको शनिबार भएको पुरस्कार वितरण समारोहमा नेपाली काँङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा प्रमुख अतिथि र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल विशिष्ट अतिथि थिए ।  कार्यक्रममा समाजमा योगदान  पुर्याउने तथा खेलाडीलाई सम्मान गरिएको थियो । 

 जिल्लाका ८ वटा टिम सहभागी प्रतियोगितामा आयोजक समितिका अध्यक्ष वावुराम पराजुलीको अध्यक्षतामा भएको थियो  ।  कलबलगुरी एउटा ऐतिहासिक क्षेत्रमात्र नभइ जीवनभर फुटबल खेलमा नै रहेर राष्ट्रियस्तरसम्म पुगेका वान्तवाको सम्झनामा यो पटक जिल्ला स्तरीय नक–आउट फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।