भरौल । वराहक्षेत्र नगरपालिका–७ स्थित महेन्द्र मावि तित्रीगाछीले स्वर्ण महोत्सवका अवसरमा आयोजना गरेको  दौड प्रतियोगितामा पुरुषतर्फ धरानका प्रशान्त तामाङ र महिलातर्फ धरानकै छन्निमाया राई विजयी बनेका छन् ।

शनिबार आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा धरान, इटहरी, वराहक्षेत्रलगायका जम्मा ७० जना प्रतियोगी सहभागी थिए । विजेताहरूले नगद ५ हजार पुरस्कार पाए भने दोस्रो र तेस्रो हुनेले नगद ३ हजार र २ हजार प्राप्त गरे ।

विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरे, वराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवारलगायतले पुरस्कार वितरण गरेका थिए । माघ १२ गतेदेखि सुरु भएको स्वर्ण जयन्ती १९ गते समापन हुने आयोजकले जनाएको छ ।