विराटनगर ।  तस्रो सुनवर्षी मेयर कप क्रीकेट प्रतियोगितामा  वडा नं. ६ विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको छ ।

सुनवर्षीमा शनिबार भएको खेलमा वडा नं. ६ ले वडा नंं ५ लाई ५ विकेटले पराजित गरि अन्तिम चारमा प्रवेश गरेको हो  । १२४ को विजयी लक्ष्य पाएका ६ ले १६ ओभरमा ५ विकेट गुमाइृ सो विजयी लक्ष्य पार गरेका थियो ।

यस अघि टस जिते ब्याटिङ गरेको वडा नम्बर  ५ ले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सवै विकेट गुमाई १ सय २३ को सम्मानजनक स्कोर बनाएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ५ का श्रवण यादब भए । उनले ४० रन बनाए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उपविजेता टिमलाई नगद ६५ हजार ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने प्रतियोगिताका खेल व्यवस्थापक राम कुमार राजवंशीले जानकारी दिए । प्रतियोगिताको फाइनल माघ १६ गते हुनेछ ।