विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिता सुनवर्षी नगरपालिका वडा नम्बर ८ विजय भएको छ ।

सुनवर्षी २ र सुनवर्षी  ८ बिच शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ८  विजयी भएको  हो ।  टस जितेर ब्याटिङ गरेको  सुनवर्षी–२ ले निर्धारित २० ओभरको खेलमा  सवै विकेट गुमाएर ९८ रनको योगफल तयार पारेको थियो ।  ९९ रनको विजयी लक्ष्य पछ्याएको  सुनवर्षी ८ ले  १७।१ ओभरमा  ५ विकेट गुमाइ सो विजयी लक्ष पार गरेको थियो ।

सुनवर्षी ८का   उम्मर सानीले १६ रनको योगदान दिए । उनी  म्यान अफ दी म्याच घोषित भए। म्यान अफ दी म्याच घोषित भएका सानिलाइ  नगरपालिकाका  लेखा अधिकृत देवेन्द्र थापा, शिक्षा शाखा प्रमुख हरि कट्टेलले  टिमले ५ हजार प्रदान गरे ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उपविजेता टिमलाई नगद ६५ हजार ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने प्रतियोगिताका खेल व्यवस्थापक राम कुमार राजवंशीले जानकारी दिए । प्रतियोगिताको फाइनल माघ १६ गते हुनेछ ।