विजयपुर । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको आर्किटेक्चर फ्याकल्टीले आयोजना गरेको फुटबल प्रतियोगिता गोलोरियस गोथिक्स विजेता बनेको छ ।

बिहीबार क्याम्पसमा सम्पन्न खेलमा भिक्टोरियस भिक्टोरियनलाई टाइबे्रकरमा ४–२ गोलअन्तरले पराजित गर्दै गोथिक्स विजेता बनेको हो । कार्यक्रम संयोजक रवि बस्नेतका अनुसार प्रतियोगितामा ४ टिम सहभागी थिए ।

विजेतालाई नगद ३ हजारसहित ट्रफी प्रदान गरिएको छ । आयोजक समितिका सदस्य सुविन कार्कीका अनुसार प्रतियोगिता आर्किटेक्चर फ्याकल्टी २०७६ ब्याचले आयोजना गरेको हो । फ्याकल्टीले टेबल टेनिस र क्रिकेट प्रतियोगितामा गरेको थियो । टेबलटेनिसमा महिलातर्फ एकलमा सृष्टिका भट्टराई विजेता बनिन् भने टेरेसा राई उपविजेता बनिन् ।

यस्तै, पुरुषतर्फ एकलमा रवि बस्नेत विजेता बने भने सन्देश भण्डारी उपविजेता बनेका थिए । सुजन श्रेष्ठ तेस्रो भए । टेलटेनिस डबलतर्फ रवि बस्नेत र अच्युतम गिरी विजेता बने । प्रतियोगितामा यमन बास्तोला र कैलाशराज भण्डारी उपविजेता बनेका थिए । यस्तै टेरेसा राई र यसमिन ढुङ्गाना तेस्रो भएका थिए ।

क्रिकेटमा आर्किटेक्चर तेस्रो वर्षको समूह प्रथम भएको थियो भने चौथो वर्षको समूह दोस्रो भएको थियो । प्रतियोगितामा विजेता तथा उपविजेतालाई धरान नगरका उपप्रमुख  अइन्द्रविक्रम बेघाले पुरस्कार प्रदान गरेको आयोजक समितिकी सदस्य सीमा गौतमले जानकारी दिइन् । उनका अनुसार प्रतियोगिता मङ्सिर २५ गतेबाट सुरु भएको थियो ।