विजयपुर । दशौँ भेडेटार फुड फेस्टिवल पुस १६ देखि सुरु हुने भएको छ ।

आन्तरिक तथा वाहय पर्यटक भिœयाउने उद्देश्यले फेष्टिवल गरिँदै आएको छ । शनिबार आयोजक होटल एशोसिएसन अफ भेडेटारले  पत्रकार सम्मेलनमार्फत् फेष्टिवल पुस १८ गतेसम्म हुने जानकारी दिएको छ ।

फेस्टिवल भेडेटार चौकदेखि काम्फेक थुम्की, नाम्जे र नमस्ते झरनासम्म हुने आयोजकले जनाएको छ । होटल एसोसिएसन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ती मादेन श्रेष्ठले फेष्टिवलमा २० हजार आन्तरिक तथा वाह्य पर्टटक आउने बताइन् । करिब १ करोडको आर्थिक कारोबार गर्ने उनले बताइन् ।

फेष्टिवल होटल एशोसिएसनको मात्रै नभई गाउँपालिकाको भएको एशोसिएसन अफ भेडेटारका अध्यक्ष तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले एक अध्ययनले विश्वको घुम्नै पर्ने गन्तव्यमा भेडेटारको नाम्जे बजारलाई १२ औं स्थानमा राखिएको बताए ।

होटल एशोसिएसनका कार्यवाहक अध्यक्ष शान्ती मादेन श्रेष्ठले भेडेटारको दीर्घकालीन विकास पर्यटन, होटल व्यवसाय, होम–स्टे, कृषि, सांस्कृतिक क्षेत्र नै रहेको बताए ।

फेष्टिवलमा भेडेटारमा खाना र बस्नमा १० देखि १५ प्रतिशत छुट दिने पनि आयोजकले जनाएको छ । फेष्टिवलमा जातीय परिकारदेखि अग्र्यानिक खानेकुरा राखिनेछ ।

स्थानीय पर्यटकीय स्थानको दृश्यावालोकन, कृषि तथा साना घरेलु उत्पादन, साना तथा ठूला होटल व्यवसायमा वृद्धि हुनेअपेक्षा राखिएको छ । फेष्टिवलमा कृषिजन्य वस्तु प्रवद्र्धन गर्ने कृषकलाई सम्मान गर्ने पनि आयोजकले जनाएको छ ।