संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन।

कडा प्रतिष्पर्धाका बिच कार्कीले एमाले उमेदवार जगदीश प्रसाद कुसियैतलाई ११२मतले पराजित गरेका हुन् । सरकारका प्रवक्ता समेत रहेका  कांग्रेस नेता कार्की र एमाले उम्मेदवार कुसियैत बिच सुरूवाती गणनाबाटै तिब्र प्रतिष्पर्धा रहेको थियो । 

मतान्तर घटबढका बिच कार्कीले बराहक्षेत्र १० बाट कुसियैतलाई उछिन्दै अन्तिम बाजी मारेका हुन् । अन्तिम मत परिणाम अनुसार बिजयी कांग्रेस उमेदवार कार्कीले ३०४८३मत ल्याएका छन्। एमाले उमेदवार कुसियैतले भने ३०३७१ मत पाएका छन् ।