धरान (ब्लाष्ट) हङकङमा रहेका धरानेहरुको संस्था धरान–हङकङ मञ्चको अध्यक्षमा रुक्मान लिम्बु चयन भएका छन् ।
मञ्चको ११ औं अधिवेसनबाट उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । हङकङको याक एन्ड यति रेष्टुरेन्टमा भएको अधिवेसनबाट मञ्चको उपाध्यक्षमा सञ्जोग राई, सचिवमा रमेश राई, सह सचिवमा मनोज श्रेष्ठ , कोषाध्यक्षमा मनोज क्षेत्री र सह कोषाध्यक्षमा बिक्रम आले मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रबि श्रेष्ठ, सुद्धामान राई, सुमित्रा लिम्बु, प्रकाश लिम्बु र विष्टा लिम्बु चयन भएको अध्यक्ष लिम्बुले जानकारी दिएका छन् ।
हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङको प्रमुख आतिथ्यमा आईतबार सम्पन्न मञ्चको अधिवेसनमा नयाँ कार्य समितिका पदाधिकारीहशरुलाई मञ्चका भूतपुर्व अध्यक्ष नानीचन्द्र सिंघकले शपथ ग्रहण गराएका थिए ।