सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा  राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी बिच कडा प्रतिस्पर्धा  भइरहेको छ । धरान उपमहानगरपालिको सबै वडा गनिसकेर वराहक्षेत्र  नगरपालिकाका ३ वटा वडाको गणना भइसक्दा रास्वपाकी उमेदवार गोमा तामाङ र  जसपाका अशोक कुमार राई बिचको मतान्तर ४ रहेको छ । 

 कुल ६६ हजार २५ मतगणना सकिदा राईले  तामाङलाई ४ मतले पछि पार्दै अग्रता लिएका छन् । राईले १३ हजार ८०१ मत पाएका छन् भने तामाङले १३ हजार ७९७ मत पाएका छन् । 

 तेस्रो स्थानमा गठबन्धनका उमेदवार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले १० हजार ७८४ मत पाएका छन् भने स्वतन्त्र उमेदवार मनोजकुमार मेन्याङ्बोले ६ हजार ८३४ मत पाएका छन् । राप्रपाका अशोक राई ९अविरल०ले ६३२९ मत पाएका छन् ।