पथरी । नेपाल विद्युत प्राधिकरणका कर्मचारी जनार्दन भट्टराई खुलेआम नेपाली कांग्रेसको भोट माग्दै आएको छ ।

मोरङ क्षेत्र नंं. ३ का नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्मालाई जिताऔँ अभियानमा सुरु देखी नै लागेको हो । निर्वाचन आचासंहिता उलन्घन गर्दै काठ्माडौंमा कार्यरत कर्मचारी भट्टराई नेपाली कांग्रेसको विभिन्न सभा र घरदैलोमा गएर सुनिल शर्मालाई खुलेआम भोट मागेका छन् ।  

विद्युत प्राधिकरणका कर्मचारी जनार्दन भट्टराईले नेपाली कांग्रेसको खुलेआम भोट मागेको सामाजिक सञ्जालमा छाएको भिडियो रेकर्ड र तस्विरहरुले प्रष्ट पारेको छ  ।