हङकङ । हङकङमा नेपाल सम्बन्धी जानकारी सहित नेपाली भेषभुषा तथा संस्कृति प्रदर्शन गरिएको छ ।

हङकङ सरकारको लिजर एण्ड कल्चर डिपार्टमेण्टले आईतबार हङकङको स्टारफेरि स्थित चिमसाचुईमा द्वारा आयोजना गरेको ‘इन्टरनेशनल इथ्निक कल्चरल पर्फमेन्स’ कार्यक्रममा हङकङ नेपाली महासंघले नेपालको प्रतिनिधित्व गर्दै नेपाली पहिरन तथा कला संस्कृति प्रदर्शन गरेको हो । 

हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङको नेतृत्वमा नेपालको राष्ट्रिय झन्डासहित कार्यक्रमको मञ्चमा उक्लिएको नेपाली टोलिले पञ्चेबाचा बजाएर नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा नेपाल र नेपाली सम्बन्धी जानकारीमूलक स्टल समेत राखिएको थियो ।

तस्विर : जगत अम्बु गुरुङ/हङकङ

hk  (1)

hk  (2)