श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल कात्तिक १९ गते शनिबार, ५ नोभेम्बर २०२२, नलनाम संवत्सर। कार्तिक शुक्लपक्षको द्वादशी तिथि १७ः२९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तरभाद्र भोलि ००ः१६ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि मीन, सूर्याेदय ०६ः१६ बजे र सूर्यास्त ०५ः१७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य समस्याले काम रोकिन सक्छ। आलश्यताले लक्ष्यमा पुग्न समस्या पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मसम्मानका लागि मौन रहनुपर्ने समय छ। अनिच्छित काममा जुट्नुपर्दा हीनताबोध हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले परिस्थितिलाई बदल्नेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।रोकिएको काम बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम सफल पार्न सकिनेछ । काममा अवरोध आउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्ना योजना गोप्य राखेर अघि बढ्दा दिगो फाइदा हुनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राको प्रक्रिया अघि बढ्नेछ । दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाटको साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। दिन राम्रो रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ। आहारविहारमा सजग रहनुहोला।