धरान । सुनसरी १ (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवारी दिएका नेकपा (एमाले)का उम्मेदवार रमेश बस्नेतले धराने जनताको शिर झुक्न नदिने प्रतिबद्धता गरेका छन् । 

बिहीबार धरान–७ को निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्ने क्रममा बस्नेतले यस्तो प्रतिबद्धता गरेका हुन् । उनले एमाले सरकारको परिकल्पनाबाट सुरु भएको सुरुङमार्ग, सडक, औद्योगिक ग्राम निर्माणलगायतका योजनालाई थप प्राथमिकताका साथ अगाडि बढाउन पहल गर्ने बताए । उनले देश र जनताको स्तर परिवर्तन गर्न सुनसरी १ बाट एमाले र जसपाको उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए । 

सुनसरी १ मा एमाले र जसपाको तालमेलबाट प्रतिनिधिसभामा अशोककुमार राई, सुनसरी १ (ख) मा विजय राई उम्मेदवार छन् । निर्वाचन मङ्सिर ४ मा हुँदै छ ।