कतार । एनआरएन कतारले एक विज्ञप्ती जारी गर्दै मोहम्मद मुक्तदालाई कार्वाही गरेको छ । 

एनआरएनए कतारका अध्यक्ष सुरेश भट्ट र महासचिव ध्रुवराज अधिकारीले विज्ञप्ती जारी गर्दै मोहम्मद मुक्तदालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका छन् ।

एनआरएनमा भएको विभाजनका कारण कतारमा अहिले एनआरएनएका दुई कमिटि छन् । एउटा कमिटिमा सुरेश भट्ट (शेष घले टिम) अध्यक्ष रहेका छन् भने अर्काे कमिटिमा मोहम्मद मुक्तदा (त्रिअध्यक्ष टिम) अध्यक्ष रहेका छन्। 

गत शुक्रबार नेपाली राजदूतावासमा मुक्तदा टिमले शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा अथिति वक्ता बाग्मती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष राज देवकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै गर्दा कार्यक्रमको अध्यक्षता गरिरहेका मुक्तदाले देवकोटाको माइक नै खोस्न पुगेका थिए । 

राजदुतको प्रमुख आतिथ्यतामा भइरहेको कार्यक्रममा मुक्तदाले देवकोटामाथी अभद्र व्यवहार गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिए अनुसार समाजकै नेतृत्व गर्ने व्यक्तीले राजदुताबासको प्राङ्गणमा गरेको हर्कतले नेपाली समाजलाई लज्जीत बनाएको छ ।