धरान । नेपाल सम्बत् ११४३ को अवसरमा झींगु समाज धरानले ‘झींगु गोजी पात्रो’ सार्वजनिक गरेको छ ।

समाजले कात्तिक ९ गते म्हःपूजाको दिन मौलिक नेपाल सम्बत्को स्वागत तथा शुभकामना आदान–प्रदान गर्दै गोजीपात्रो विमोचन गरेको हो ।

समाजका अध्यक्ष मोहनकाजी शाक्यको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम वेघा तथा विशेष अतिथि प्रा.डा.विक्रमप्रसाद श्रेष्ठले गोजीपात्रो विमोचन गरे ।समाजका उपाध्यक्ष तथा धरानका सांस्कृतिक अन्वेषक हरेराम कर्माचार्यले गोजीपात्रोको सम्पादन गरेका हुन् ।

सिद्धि नेवाः परिषद्को सभाकक्षमा भएको कार्यक्रमपछि लाखेनाचसहितको ¥यालीले भानुचोक, छाताचोक, सिंहदेवीचोक हुँदै धरान–३ शङ्खधर मार्गमा रहेको नेपाल सम्बत्का प्रवर्तक तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरिएको थियो ।

नेपालको इतिहासमा ई. सम्बत् ८७९ अक्टोबर २० तथा विक्रम सम्बत् ९३६ कात्तिक शुक्ल प्रतिपदा म्हःपूजाका दिन देखि नेपाल सम्बत्को प्रारम्भ भई मध्यकाल उल्लेख भएको पाइन्छ । झींगु समाजको प्रकाशनमा नेपाल सम्बत् ११३२ देखि निरन्तर रूपमा झींगु गोजी पात्रो प्रकाशन हुँदै आएको छ ।