नेपालीहरुको दोस्रो ठूलाे  चाड शुभ दीपावली अमेरिकामा रहेका नेपालीहरुले पनि भब्य रुपमा मनाएका छन् । किरात कल्चर सोसाइटी अफ पिट्सवर्ग पेन्सिलभेनिया अमेरिकाले शुभ दीपावलीको अवसरमा यहाँ रहेका नेपाली समुदायको घर घरमा पुगेर देउसी भैलाे खेलेर मनाएका छन् । 

फरक देश र समुदाय भएपनि विभिन्न ठाँउमा रहेका नेपालीहरुको घरदैलामा पुगेर यहाँ रहेका नेपाली समुदायहरुले आफ्नौ मौलिक संस्कार अनि परम्पराहरुहरुलाई  जुन ठाउँमा भएपनि संस्कार भुल्न नहुने भन्दै आफ्ना साना नानीहरुलाई समेत दीपावलीको बारेमा जानकारी गराउन सँगै लिएर देउसी भैलो कार्यक्रम गरिएको 

किरात कल्चर सोसाइटी पिट्सर्वकको अध्यक्ष केसर मुकारुङले जानकारी दिए। अमेरकाका राष्ट्रपति जो बाइडेन र उप राष्ट्रपति कमला ह्यारिसले समेत दीपावली मनाए पछि अमेरिकामा रहेका नेपाली समुदायहरुमा समेत ठुलो हौसला मिलेको भन्दै दैनिक कामकाजमा जानु पर्ने कम्पनीहरुले समेत नेपाली कामदारहरुको चाड पर्वको बारेमा सोधखोज गर्न थालेका छन् भने काममा समेत कुनै–कुनै कम्पनीले बिदाको ब्यवस्था समेत गरेका छन् ।