दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ । 

कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो र पोपायनमा उक्त दुर्घटना भएको हो । यो कोलम्बियाको दक्षिणपश्चिमी कुनामा रहेको तुमाकोको बन्दरगाह सहर र उत्तरपूर्वमा तीन सय २० किलोमिटर टाढा रहेको क्यालीको बीचमा यात्रा गरिरहेको डेली सबाले जनाएको छ ।

‘दुर्भाग्यवश, हामीसँग २० जनाको मृत्यु भएको छ,’ नारिनो विभाग ट्राफिक प्रहरीका क्याप्टेन अल्बर्टल्याण्ड अगुडेलोले बताएका छन् । यस दुर्घटनाको अनुसन्धान भइरहेको छ कि यो अगुडेलोले बताएका छन् । 

कुहिरोको कारण चालकले नियन्त्रण गुमाएका एक प्रारम्भिक समाचारमा जनाइएको छ ।  प्रहरी र दमकल विभागका उद्धारकर्मीहरूलाई गाडीलाई सीधा राख्न, घाइतेहरूलाई बाहिर निकाल्न र मृतकहरूलाई उद्धार गर्न नौ घण्टा लागेको, अल जजीराले जनाएको छ ।