विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’  को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिबार प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको हो ।

प्रहरी इन्स्पेक्टरको नेतृत्वमा आएको एक दर्जन बढी प्रहरीले प्रहरीको ब्याण्ड बाजाबाट करिब एक घण्टा साङ्गीतिक धुन प्रस्तुत गरेका थिए । उनीहरूले आधा दर्जन बढी ब्याण्ड बाजाबाट देशभक्ति गीतको धुन बजाएर मनोरञ्जन प्रदान गरे ।

प्रदेश प्रहरीले ६७ औं प्रहरी दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यसअघि  नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

प्रदेश डिआईजी सुदीप गिरीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ४१ जना प्रहरी अधिकृत तथा जवानहरूले रक्तदान गरेका थिए । भोलि (सोमबार) बिहान प्रदेश प्रहरी कार्यालयमा विभिन्न कार्यक्रम गरी ६७ औं प्रहरी दिवस मनाउने तयारी गरिएको छ ।