हङकङ :

फुटबल प्रशिक्षक तथा पूर्व खेलाडि बिल तामाङको स्मृतिमा हङकङमा सहारा कप एचके २०२२ खुला सिक्स ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सहारा क्लब हङकङको आयोजनामा शनिबार हङकङको जोडर्न पार्कमा प्रतियोगीता सम्पन्न भएको हो । १४ टिम सहभागी प्रतियोगीताको उपाधी जोर्डन फुटबल क्लबले जीतेको छ । भने एस्स फुटबल क्लब हङकङ उपविजेता बनेको छ । उपाधि विजेता टिमले हङकङ डलर १५ हजार र उपविजेता टिमले हङकङ डलर ८ हजार प्राप्त गरे । विजेता टिमहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बिल तामाङकी श्रीमति सुनिता मोक्तानले पुरस्कार प्रदान गरिन् ।  

क्लबका प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ, सल्लाहकार देवबहादुर गुरुङको उपस्थित रहेको कार्यक्रममा सहसंयोजक तिलक गुरुङले खेलको नियमबारे प्रष्ट पारेका थिए । क्लब अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको खेलकुद संयोजक खम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै क्लबको गतिविधिबारे प्रष्ट पारेका थिए । 

कार्यक्रम संचालन महासचिव कुमार गुरुङले गरेका थिए । मुख्य प्रायोजक एलजी संगमका प्रतिनिधि दुतराज गुरुङले प्रतियोगिता निरन्तरताको कामना गरे । क्लब उपाध्यक्ष रहेका बिल तामाङको अघिल्लो वर्ष कोरोनाका कारण नेपालमा निधन भएको थियो । क्लबले उनको योगदानको स्मरण गर्दै फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

तस्वीरहरु : जगत अम्बु गुरुङ

IMG-8376

IMG-8366

IMG-8369

IMG-8368