विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ ।

न्यूरो हस्पिटलले प्रत्येक वर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको छ । बिहिबार विराटनगरमा ग्रुप कार्डियाक वर्क आउट गरेको हो ।

विराटनगरस्थित लर्ड बुद्ध कलेजमा आयोजित ग्रुप कार्डियाक वर्क आउटलाई द व्ययामशाला, इटहरीले समन्वय गरेको थियो । गु्रप कार्डियाक वर्क आउटमा नेपाल युवा उद्योगी मन्च विराटनगर, न्यूरो हेल्थ कलेज, लर्डबुद्ध कलेज, न्यूरो अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।

ग्रुप कार्डियाक वर्क आउटपछि आयोजित कार्यक्रममा बोल्दै विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटु रहेकोले यसलाई स्वस्थ राख्न खानपीन र शारिरक व्ययाममा ध्यान दिनुपर्नेमा सुझाब दिए ।

‘मुटुलाई स्वस्थ्य राख्न सके सुखमय भएर जीवन समृद्ध हुन्छ । सबैजनाले आफ्नो मुटु स्वस्थ राख्दै आफू स्वस्थ्यबनौं,’ उनले भने, ‘प्रत्येक मुटुको लागी मुटुप्रयोग गर्ने प्रतिज्ञा गरौं ।’

कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नो शरीरमा कुनै समस्या आएको देखिए समयमै राम्रो अस्पताल छनौट गरी  चिकित्सकसँग परामर्श गरेर उपचार गरौं । रोग बढ्न दिनहुँदैन ।’  समयमै रोकथाम गरौं र मुटुलाई पनि स्वस्थ राख्नुपर्ने उनले बताए ।

मुटुलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यकरहेको उनले बताए । ‘मासुजन्य, तारेको, भुटेको ,कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कमखाने, व्यायाममा जोड दिनुपर्दछ,’ डा. श्रेष्ठको सुझाब रहेको छ ।  यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ ।’

उतm अवसरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका कार्यकारी निर्देशक अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, मेडिकल डाइरेक्टरडा. शैलजा क्षेत्री (श्रेष्ठ)लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी  मुटु दिवस  न्यूरो हस्पिटलले सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । असोज ९ गते आइतबार नेपाल युवा उद्यमी मन्च, बिराटनगर तथा तेरापंथमहिला मंडलसँगको सहकार्यमा बिराटनगर स्थित जैन भवनमा निः शल्क मुटु जाँच तथा परामर्श गरेको थियो ।

त्यसैगरि असोज ९ गते देखि १४ गते सम्म अस्पतालमा मुटु सम्बन्धी निः शुल्क ओपिडी सेवा तथा जाँचमा २५ प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।