धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान मञ्च नेपालको सुनसरी जिल्ला निर्वाचन परिचालन समितिले निर्वाचन परिचालन उपसमिति गठन गरेको छ ।

शनिबार सुनसरी जिल्ला निर्वाचन परिचालन समितिका संयोजक भूपेन्द्रसुन्दर लावतीको अध्यक्षता तथा सङ्घीय सह–सचिव, सङ्घीय तामाङसालिङ प्रान्तीय मञ्चका महासचिव तथा १ नं. प्रदेश निर्वाचन परिचालन समितिका सदस्य पदम तामाङको प्रमुख आतिथ्यमा सुनसरी क्षेत्र नं..२ र ३ को निर्वाचन परिचालन उपसमिति गठन गरिएको हो ।

उपसमितिको संयोजकत्वमा आइन्द्रविक्रम कुरुम्बाङ, आर्थिक संयोजकमा भीम खजुम, सदस्यहरूमा बेदनारायण लिम्बू, कोपिला लिम्बू र रामबहादुर मादेन चुनिएका छन् ।

त्यस्तै प्रचार–प्रसार संयोजकमा हर्क लाबुङ, सदस्यहरूमा कोपिला लिम्बू, उमा लिम्बू, सुमित्रा लिम्बू, बिनु लिम्बू, जनपरिचालन संयोजकमा दिवस लाबुङ, सदस्यहरूमा सरिता राई अधिकारी, भीम केरुङ, पदम केदेम, अनुशासन संयोजक जीवनप्रकाश शेर्मा,  प्रशासन संयोजकमा चन्द्र सम्बाहाङ्फे, सदस्यहरूमा भीम खजुम, अशोक हुक्पाचोङ्बाङ, व्यवस्थापन संयोजकमा दिवस लाबुङ, सदस्यहरूमा मोहन चोङ्बाङ, बेदनारायण लिम्बू, बेदसिंह लिम्बू, सङ्गठन विभाग संयोजकमा विनु सम्बाहाङ्फे लिम्बू, सदस्यहरूमा निरा राई गुरुङ रहेका छन् ।

यसैगरी क्षेत्र नं. ३ मा क्षेत्रीय अध्यक्ष शानवीर लिनाङलाई संयोजक तोकिएको छ भने उक्त बैठकमा जिल्ला आर्थिक प्रमुख राजेन्द्र सुक्वाबा, जिल्ला जनपरिचालन प्रमुख मिहन तिगेला, जिल्ला सङ्गठन प्रमुख, धनशेर लिम्बू, जिल्ला उपाध्यक्ष मनोहर थलङ, केन्द्रीय सदस्य नैनकुमार विश्वकर्माको उपस्थिति थियो ।