धरान / ब्रिटिश गोर्खा सैनिकमा कार्यरत सुरेशकुमार परियारले आफ्नी दिवङ्गत आमा इन्द्रमाया परियारको सम्झनामा धरान–१२ स्थित अपाङ्ग पुनस्र्थापना केन्द्रका आश्रितहरुलाई एक छाक खाना खुवाएका छन् ।  

गत भदौ १४  गते दिवङ्गत भएकी आमा इन्द्रमायालाई श्रदाञ्जली अर्पण गर्दै पुनस्र्थापना केन्द्रमा आश्रित २८ जना बालबालिका तथा बृद्ध असहायहरुलाई खाना खुवाएको सुरेशले बताए । उनले आफ्नी आमाको नाममा आफैले खाना खुवाउन पाउँदा अत्यधिक खुसी लागेको र भविश्यमा  पनि आफ्नो बलबुताले भ्याए सम्म सहयोग गरिरहने बताए ।

यस्तै स्वच्छ मन भएका दाताहरुको सहयोगले पुनस्र्थापना केन्द्र चलिरहेको केन्द्रका सञ्चालक भिम राईले बताए । कसैले सानो सहयोग गरेपनि यहाँ आश्रित बालबालिका तथा बृद्ध, असक्तहरुका लागि ठुलो सहयोग हुने अध्यक्ष राईले बताए ।