धरान । स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका सामाजिक व्यक्तित्व तथा बीपी प्रतिष्ठानका प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ मङ्गलबार सम्मानित भएका छन् ।

श्रेष्ठलाई आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानले चन्द्रकुमारीको १० औँ पुण्यतिथिको अवसर पारेर सिद्धि नेवाः परिषद्को सभाहलमा सम्मानित गरेको हो ।

डा. श्रेष्ठ प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष पनि हुन् । उनले चिकित्सा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान–पत्रले सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष महेश प्रधानले जानकारी दिए । यस्तै पत्रकार विनय प्रधानलाई पनि नगद ५ हजार ५ सय रुपैयाँसहित सम्मान–पत्रले पुरस्कृत गरिएको छ । उनलाई टङ्कबहादुर प्रधान पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको हो ।

यसक्रममा पब्लिक हाईस्कुलकी छात्रा कृएता श्रेष्ठ, छात्र सुजन सिवा, ज्ञानोदय माविकी छात्रा अर्पिता श्रेष्ठ, छात्र माइकल राईलाई पनि नगद ५५ सय रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको छ ।

प्रतिष्ठानले धरान–१ स्थित सरस्वती आधारभूत विद्यालयलाई साउन्ड सिस्टम, ङाग्युर डोल्मा छ्योलिङ गोन्पा गुम्बा निर्माणार्थ १५ हजार ५ सय ५५ रुपैयाँ र एउटा कोठाका लागि कार्पेट हस्तान्तरण गरिएको सचिव मोहन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष महेश प्रधान, महेन्द्र बहुमुखी क्याम्पसका पूर्व प्रमुख कुमारबहादुर कार्कीलगायतले सम्मान–पत्र र नगद हस्तान्तरण गरेका थिए । त्यस क्रममा १ सय ८ लाखबत्ती पनि बालिएको थियो ।