धरान । धरानको फोहोर सङ्कलन गर्ने कर्मचारीसँग सोमबार बिहान भएको विवादको विषयमा धरान–१० का वडाध्यक्ष विवेक राईले प्रष्ट पारेका छन् । 

वडाध्यक्ष राईले आफूले गर्दै नगरेका कुराहरू सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चारमाध्यमहरूमा फैलाएकोप्रति भत्र्सना गरेका छन् । घटना सोमबार बिहानको हो । उनले सोमबार साँझ गरेको पत्रकार सम्मेलनमा भने, ‘तपाईंहरूले भिडियो पनि हेर्न सक्नुहुन्छ, मैले सफाइका चालक राजेश थापा मगरलाई हातपात गरेको छ कि छैन प्रष्ट देख्नुहुन्छ ।’

सफाइ चालक थापा मगरले बिहानै मादक पदार्थ सेवन गरेको पाइएपछि सम्झाउन खोज्दा उल्टो जवाफ फर्काएको बताए । तर, सफाइ चालक थापा मगरले ब्लाष्टकर्मीसँगको फोनसक्पर्कमा भने, ‘धरान १० को फोहोर आज उठा, तुरुन्तै उठा भन्नुभयो । मैले मेरो रुट पर्दैन भन्दा हातपात नै ग¥यो ।’ उनले आफूले मापासे गर्दै नगरेको दाबी गरेका छन् । ‘मापासे गरेर गाडी कुदाउने भन्दै धक्यायो’ उनले भने । 

‘नगर प्रमुख हर्कराज राईले दिएको अभिव्यक्ति समेत गैरजिम्मेवार रहेको र त्यसलाई सच्याउन म नगर प्रमुखलाई पनि अनुरोध गर्दछु’ पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा लेखेका छन्, ‘गलत  काम गर्ने जो कोहीलाई कानून बमोजिमको कारबाही हुनुपर्छ र सबैले विधिको शासन मान्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ 

यता अध्यक्ष राईले भने मापासे गरेको चालक थापा मगरले स्वीकार गरेको पत्रकार सम्मेलनमा बताए । ‘हिजो खाएको भन्दै टार्न खोज्यो’ उनले भने, ‘हिजो खाएको कुरा कसरी आज गन्ध आउँछ ? तपाईंहरू नै भन्नुहोस् ।’ चालक थापा मगरले हातपात गरेको दाबी गरे पनि वडाध्यक्ष राईले उपलब्ध गराएको दृश्य सामग्रीमा कहीँकतै हातपात गरेको देखिँदैन । उनले थपे, ‘म गाडीको मुनी छु, चालक माथि छ कसरी कुटपिट गरेँ । यो भिडियो मैले खिचेको पनि होइन । तपाईंहरू आफै हेर्नुहोस् र मूल्याङ्कन गर्नुहोस् ।’ 

यो विषयलाई लिएर धरानका नगर प्रमुख हर्क साम्पाङले कर्मचारीको पक्षमा लाग्दै धरान १० को फोहोर सङ्कलन नगर्नेसम्मको अभिव्यक्ति दिएको अध्यक्ष राईले बताए ।

‘नगर प्रमुख हर्कराज राईले दिएको अभिव्यक्ति समेत गैरजिम्मेवार रहेको र त्यसलाई सच्याउन म नगर प्रमुखलाई पनि अनुरोध गर्दछु’ पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा लेखेका छन्, ‘गलत काम गर्ने जो कोहीलाई कानून बमोजिमको कारबाही हुनुपर्छ र सबैले विधिको शासन मान्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ विभिन्न अनलाइन सञ्चारमाध्यममा भने वडाध्यक्ष विवेक राईले झापड हानेको समाचार प्रकाशित भएको थियो ।