धरान । किरात राई समुदायका विद्यार्थीहरूलाई लोकसेवा सम्बन्धि अभिमुखीकरण गराइएको छ ।
राई विद्यार्थीलाई सरकारी सेवामा प्रवेश गर्न सहयोग गर्ने उद्देश्यले किरात राई कर्मचारी मंच सुनसरीको सहकार्यमा किराँत राई विद्यार्थी संघ सुनसरीले शनिबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
किरावि सुनसरी अध्यक्ष निता काङमाङ राईको अध्यक्षतामा, किरावी केन्द्रीय उपाध्यक्ष सन्तोष मुक्मिन राईको प्रमुख आतिथ्य, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई र निवर्तमान अध्यक्ष बलराम राईको विशेष आतिथ्यता तथा किरात राई कर्मचारी मंच सुनसरी अध्यक्ष अरुण राई, किरात राई कर्मचारी मन्च मोरङ अध्यक्ष तथा राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत समिता राई,
, किरात राई कर्मचारी मंच सुनसरी सचिव नरेश साम्पाङ राई, कोषाध्यक्ष नवीन राई, किरात राई पत्रकार संघ सुनसरी उपाध्यक्ष सन्जु राईको आतिथ्यतामा यलम्बर स्मृति संग्रहालय धरान - १० मा आयोजित एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागी महेन्द्र बहुमुखी क्याम्पस धरानमा स्नातक तहमा अध्ययनरत ४० जना विद्यार्थीहरु सहभागी भएको छ।