प्रतिनिधिसभाको आजको बैठकले विभिन्न दुई वटा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । 

अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालले प्रस्तुत गरेकाे ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव  बहुमतले स्वीकृत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।