धरान । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ (क) बाट समानुपातिकतर्फ दलितबाट युवराज शंकरको नाम एकल सिफारीस भएको छ ।

स्वच्छ छविका शंकरले यस अघि नेपाली काङ्ग्रेस धरान उपमहानगर कार्यसमिति सचिवको जिम्मेवारी कुसलता पूर्वक निर्वाह गरेका थिए । धरानमा उपनिर्वाचनबाट नेपाली काङ्ग्रेसको तर्फबाट पहिलो पटक मेयर जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनी पार्टीको १४ औं महाधिवेशनबाट दुइतिहाई भन्दा ज्यादा मत प्राप्त गरि सुनसरी क्षेत्र नं १ (क) तर्फको सचिवमा निर्वाचित भएका थिए ।

समाज र पार्टिमा लोकप्रिय उनि धरानको हरेक विषयमा प्रत्यक्ष सरोकार राख्छन । विश्वकर्मा युवा समाज धरानका अध्यक्ष समेत रहेका उनी पेसाले सुनचादी व्यवसायी हुन । राजनीतिसंगै सामाजिक विभेद विरुद्धको अभियानमा पनि अग्र पङ्तीमा रहँदै आएका छन्  ।

जातिय विभेदकका कारण २०७२ सालमा पिण्डेश्वर मन्दीरमा सामुहिक व्रतवन्धमा दलित समुदायलाई निषेध गर्दा उनकै नेतृत्वको आन्दोलन पश्चात सामुहित व्रतवन्ध दलित सहभागि हुन पाएका थिए । उनी समावेसितालाइ संस्थागत गर्न आफै धरानको पुरानो धार्मिक संस्था पिण्डेश्वर बाबाधाम समितिमा कार्यकारी सदस्य हुन् ।

शान्त र मिलनसार स्वभावका उनी राजनीतिक क्षेत्रबाट मात्र समाजमा रहेका विकृति विसंगति र भ्रमहरुलाई चिर्दै समुन्नत समाज निर्माण गर्न सकिन्छ भन्ने उनको वुझाई रहेको छ । पार्टी र समाजले आफुलाइ प्रदेश सभा सदस्यको लागि योग्य ठान्नेमा उनी विस्वस्त रहेको बताउछ्न ।