विराटनगर ।  प्रदेश १ को सबैभन्दा ठूलो सरकारी हस्पिटल कोशीमा दुरबिनबाट (अर्थोस्कोपी) सेवा सुरू भएको छ । 

अस्पतालको हाड जोर्नी विभागमा अर्थोस्कोपी सेवामार्फत घुँडाको शल्यक्रिया गरी बिरामीको उपचार सुरु गरेको हो ।

अस्पतालका अर्थोपेडिक विभागका प्रमुख हाडजोर्नी तथा नाशारोग विशेषज्ञ डा. महेन्द्र प्रसाद महतो अर्थोपेडिक डा. राम कुमार यादवसहितको टोलीले दुरबिनका माध्यमबाट घुँडाभित्रको मांसपेशी, नशा तथा कुरकुरे हाडमा भएको समस्या, लिगामेन्ट च्यातिदिएकोे शल्यक्रिया गरी उपचार सुरु गरेका छन् ।

आर्थोस्कोपी सेवामा दुरबिनको माध्यमबाट सानो प्वाल बनाएर जोर्नीभित्र अत्याधुनिक पद्धतिको प्रयोग गरी बिरामीको उपचार गरिन्छ । आर्थोस्कोपी सेवा सुरु भएसँगै ६ जना विरामीको दुरबिनबाट अर्थोस्कोपी प्रविधिबाट उपचार गरी विरामी डिस्चार्ज गरिसकेको अर्थोपेडिक सर्जन डा. राम कुमार यादवले बताए । अस्पतालको हाड जोर्नी विभागमा हुने उपचार सेवालाई बिस्तार गर्ने क्रममा अर्थोस्कोपी सेवा सुरु गरेको हो ।

‘दुरबिनको माध्यमबाट गरिने अस्र्थोस्कोपीबाट गरिने शल्यक्रिया गरेको दुई दिन पछि विरामी डिस्चार गरी घर पढाउन सकिन्छ । यो प्रविधिबाट गरिने उपचारमा विरामीको ठुलो चिरफार गरिदैन । जसले गर्दा घाउँ पनि सानो प्वाल मात्र हुने भएकोले विरामी चाँडै ठिक हुनेछ,’ डा. यादबले भने ।

हप्ताको चार दिन अप्रेसनको पालो आउने गरेको छ । अस्र्थोस्कोपीबाट आइतबार र बुधबार उपचार सेवा हुने गरेको अस्पतालले जनाएको छ । अर्थोपेटिक वार्डमा ३५ शैय्याको रहेको छ । अस्पतालको अर्थोपेडिक विभागमा ९ जना अर्थोपेडिक चिकित्सक रहेको छ । 

आर्थोस्कोपी सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरु अत्याधुनिक रहेको कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेलले बताए ।  

अस्पतालले हालै अर्थोस्कोपी सेवा सुरु गरेको हो । यो सेवाबारे बाहिर धेरैलाई थाहा छैन । नेपालमा निजी अस्पतालमा यो सेवा निकै महंगो छ । सरकारी अस्पतालले सेवा सुरु गरेपछि बिरामीले राहत महसुस गरेका छन् ।