गायिका मेलीना राई र गायक भिषण राईको स्वरमा रहेको पूर्वेली गीत ‘भेटनलाई आएँ’ गीतको भिडियो सार्वजनिक भएको छ । 

रोशनी चलचित्र प्रोडक्शन प्रा.लिको प्रस्तुती रहेको भिडियो शुक्रबार धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले सार्वजनिक गरे । दिनेश माङ्मुले निर्देशन गरेको भिडियोमा कलाकार किशोर सम्बाहाङ्फे, निरञ्जली लामा, आरबी थाङ्देन, सोनु थक्लेनको अभिनय रहेको छ । तेह्रथुमको चोत्लुङ पार्क र अन्य रमणीयस्थलहरुमा छायाँकन गरिएको भिडियो मार्फत कलाकारितसँगै पूर्वको पर्यटन समेत प्रवद्र्धन गरिएको उपप्रमुख बेघाले बताए ।

bhetna

गीतको शब्द र संगीत गायक भिषण राईकै रहेको छ । भने भिडियोको छायाङकन युवराज राई (बीरबहादुर) तथा सम्पादन तारा किम्भेले गरेका छन । भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो :