देउराली ।  धरान उपमहानगरपालिकाको आजको कार्यपालिकाको बैठक स्थगित गर्न माग गर्दै नेकपा एमालेका कार्यपालिका सदस्य कार्यपालिका बैठकबाट बाहिरिए पछि कार्यपालिकाेकाे बैठक  स्थगित भएकाे छ  । 

दिउँसो  साढे १ बजेबाट सुरु भएको कार्यपालिका बैठकमा  एमाले  संसदीय दलका नेता नरेश इवारमले बैठक स्थगित  गर्न माग राखेका थिए । नगर प्रमुख हर्क साम्पाङले बैठक स्थगित नगर्ने सङ्केत गरेपछि एमालेका कार्यपालिका सदस्यहरू बैठकबाट बाहिरिएका थिए । उनि बाहीरिएसँगै दुई कार्यपालिका सदस्य , नगर प्रमुख र उपप्रमुख धारणा रहेकापछि बैठक स्थिगित भएकाे  हाे । 

बैठकबाट बाहिरिएका १५ नम्बर वडाध्यक्ष इवारामले  नगर प्रमुख साम्पाङका सामाजिक सञ्जालका पछिल्ला अभिव्यक्तिहरूले धरानमा द्वन्द्व बढाउने  सङ्केत देखिएकोले  पहिला निराकरण हुनुपर्ने र सहज वातावरण भएपछि मात्रै कार्यपालिका बैठक बस्नुपर्ने एमालेको धारणा रहेकोले बैठक स्थगित गर्न माग गरिएको बताए ।

बैठकबाट बाहिरिएका  एक कार्यपालिका सदस्यका अनुसार पछिल्लो समय धरानको बदनाम गर्ने गरी सामाजिक सञ्जाल भइरहेको जातीय तथा साम्प्रदायिक द्वन्द्व फैलाउने पोस्टहरूमा नगर प्रमुख हर्क साम्पाङको नाम जोडिनु र नाम जोडिएपछि पनि नगर प्रमुखबाट कुनै पनि प्रकारको धारणा नआइरहेको अवस्थामा सर्वदलीय बैठक अनुसार कार्यपालिका बैठकबाट बाहिरिएको बताए । 

यता नेकपा एमाले धरान नगर उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले पनि  सामाजी सद्भाव भड्काउने फेसबुकको नक्कली पोस्ट तयार भएको र उक्त पोस्टलाई नगर प्रमुखले नै फैलाउने काम गरेर साइबर अपराध गरेको र उक्त घटना प्रति नगर प्रमुखको कुनै धारणा सार्वजनिक नभइरहँदा सर्वदलीय निर्णय अनुसार कार्यपालिका बैठक बहिस्कार भएको बताएका छन् । ' उनले भने हामीले सबै दलहरूसँग सल्लाह गरेरै का थियौँ । त्यही अनुसार हाम्रा कार्यपालिका सदस्यहरू बैठकबाट बाहिरिनु भएको हो  । '

 तर कार्यपालिका बैठकबाट एमाले बाहिरिए पनि अन्य दलका कार्यपालिका सदस्य भने बैठकमा बसेका थिए । माओवादी केन्द्रका संसदीय दलका नेता  सुर्य बहादुर (मनोज) भट्टराईले  एमालेले भने जस्तो सर्वदिय बैठक भएर नभएको बताउन चाहेनन् ।  

बरु  एमालेका प्रतिनिधि बाहिरिँदै गर्दा  मनोज भट्टराईले र १६ का वडाध्यक्ष नेपाली कांग्रेसका मुरारी भट्टराईले  बैठक स्थगित गर्नु पर्ने कारण खुलाएर छलफल गर्नुपर्ने धारणा राखेका  थिए ।  बैठकमा मनोज भट्टराईले  पछिल्लो समय धरान अशान्त बनेको भन्दै विवेक पूर्ण निर्णय गरेर शान्त र जातीय सद्भावयुक्त, विवेकपूर्ण धरान बनाउन पर्ने बताएका थिए । 

बैठकमा उने भने ' बराहामा कुनै पनि दलको पैसा फसेको छैन,  त्यहाँ धराने जनताको पैसा फसेको हो । ती जनता केमा आस्था राख्छन् भन्ने ढङ्गले हेर्न हुँदैन ।'  उनले कानुनले स्थानीय तह लाई सहकारी दर्ता, नियमन र खारेजीको अधिकार दिएकोले बराह पीडितहरूले तिन तहको सरकार मध्ये पहिलो सरकारमा न्याय माग्न आउँदा स्वाभाविक ढङ्गले लिनु पर्नेमा पीडितलाई  मुद्दा नै दर्ता गराएर राजनीतिको रङ्ग दिन नहुने धारणा राखेका थिए । 

उनले पछिल्लो समय धरान अशान्त भएको भन्दै  भने ' जे मन लाग्यो गाली गरेको छ । घरमा बसेर छोरा छोरी श्रीमतीसँगै बसेर कम्मेट पढ्न नसकिने खल्को आएको छ ।  एउटा मान्छेका ५० वटा आइडी । म देश भक्त नेपाली  । म को नी के को  छोरो ।  म राष्ट्रवादी यो कहाँबाट सिर्जना भएको छ । '

त्यस्तै मुरारी भट्टराईले बराह पीडितहरू मध्ये एक आफू पनि रहेकाे बताएका छन्  ।