भोजपुर । राष्ट्रिय युवा संघ नेपाल भोजपुरले जिल्ला अस्पताल भोजपुरमा दरबन्दी अनुसार स्वास्थ्यकर्मीको ब्यावस्था गर्न माग गरेको छ ।

डाक्टर अभावका कारण स्वास्थ्य सेवामा गम्भिर असर पुगे पछि सघले दरबन्दी अनुसारको स्वास्थ्यकर्मीको ब्यावस्था गर्न माग गरेको हो । युवा सघले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोमबार जिल्ला अस्पतालमा देखिएका समस्याको विषयमा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको सघका जिल्ला अध्यक्ष विमल रणपहेँलीले बताए । अस्पतालको तत्काल समस्या समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसंग पहल गर्न ध्यानाकर्षण गराईएको अध्यक्ष रणपहेँलीले जानकारी दिए ।

अहिले जिल्ला अस्पताल भोजपुरमा दरबन्दी अनुसारको नवौँ तहको एक जना मेसु, २ जना मेडिकल अधिकृत, १ जना एचए, २ जना अहेब, ४ जना स्टाफ नर्स र २ जना अनमीको दरबन्दी खाली रहेको छ । स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरे पनि दरबन्दी अनुसार पद पूर्तिका लागि अहिले सम्म डाक्टर नपठाएको अस्पतालले जनाएको छ ।