धरान । जिल्लामा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रेस युनियनको हेटौंडामा जारी नवौँ अधिवेशनमा जिल्ला शाखा सुनसरीलाई सम्मानित गरिएको छ ।

केन्द्रीय कार्य समितिले अधिवेशनको क्रममा सुनसरीलाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो । नेपाली काङ्ग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको सम्मान–पत्र हस्तान्तरण गरे ।

सुनसरी युनियनले दर्जनभन्दा बढी कार्यहरू गर्न सफल भएको जनाइएको छ । सभापति अधिकारीले २८ महिनाको अवधिमा गरेको कामको प्रशंसा गर्दै उत्कृष्ट जिल्ला घोषित गरेको हो ।

पत्रकारहरूका लागि स्वास्थ्य बिमा, कोरोना बिमा, दुर्घटना बिमालगायतको काम गर्दै आइरहेको छ । सभापति अधिकारीको नेतृत्वमा उत्कृष्ट जिल्ला घोषित भएको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी  दिए ।

त्यस्तै चितवन र कैलाली जिल्लालाई पनि उत्कृष्ट जिल्ला घोषणा गरिएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।