भोजपुर । वर्षातका कारण बाटो हिलाम्मे भएपछि भोजपुर–दिङ्ला सडक स्तरोन्नतिको काम सुुरु गरिएको छ ।

षडानन्द नगरपालिकाले भोजपुर–दिङ्ला जोड्ने मुख्य सडकको स्तरोन्नतिको काम सुरु गरेको हो । दिङ्ला–भोजपुर ३९ किलोमिटर कच्ची सडकमा खसेका पहिरो हटाउने, खाल्डाखुल्डी पुुर्नेलगायत स्तरोन्नतिको काम भइरहेको छ ।

नगरपालिकाको जेसिबी, ट्याक्टरसहित जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीले सडक मर्मतको काम गरिहेको प्रमुख सुुरेन्द्र उदासले बताए । नगरपालिकाको सडक मर्मत सम्भार अन्तर्गतको बजेटबाट काम भइरहेको हो । वर्षायाममा ४ पाङ्ग्रे सवारी साधन चल्न सक्ने गरी सडक स्तरोन्नतिको काम थालिएको प्रुमख उदासले जानकारी दिए ।

जनतालाई सदरमुुकाम आउन–जान सहज होस् भनेर सडक स्तरोन्नति भइरहेको नगरपालिकाकी उपप्रमुख प्रमिला राईले बताइन् । सडक मर्मत भएपछि बिरामी, ज्येष्ठ नागरिक, यात्रुुका साथै सदमुुकामका सम्बन्धित कार्यालयमा काम गर्न आउने सेवाग्राहीलाई समेत आवत–जावत गर्न सहज हुुने उपमेयर राईको विश्वास छ ।

यसैबीच उद्योग वाणिज्य सङ्घ दिङ्ला शाखाले सडक मर्मतका लागि एक दिन श्रमदान गरेको छ । दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठको नेतृत्वमा पदाधिकारीसहित सदस्यहरूले सडक मर्मतमा श्रमदान गरेका हुुन् । मर्मत कार्यमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी, जनप्रतिनिधि र स्थानीय जनताको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

dingla-1