उदयपुर जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् ।  अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिए ।

अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उनले बताए । अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भने“ ५० शय्याको अस्पतालका अधिकांश शय्या भाइरलका बिरामीले भरिएका छन् ।  अहिले अन्य उपचारको लागि आउने बिरामीलाई  शय्यामा राखेर उपचार गन समस्या हुन थालेको छ । ”