धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा आयोजित धरान मेघा थी्र वाइ थी्र एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिताको उपाधि चिल्डे्रन एकेडेमिले चुमेको छ ।

वुधवार भएको अत्यन्त्य प्रतिश्पर्धात्मक फाइनल खेलमा चिल्डे्रनले होलिल्याण्ड स्कुललाई १२–१० अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । उपाधि संगै चिल्ड्रेन स्कुलले नगद ६ हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

दोस्रो हुने होलिल्याण्ड स्कुलले नगद तिन हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । आयोजकले विजेतालाई नगद पाच हजार र उपविजेतालाई दुई हजार ५ सय नगद पुरस्कार तोके पनि कार्यक्रमका अतिथि सियोन स्कुलका अध्यक्ष खड्क थापा मगरले विजेता तथा उपविजेता टिमलाई एक एक हजार रुपैया थप गरिदिएका हुन ।

चिल्ड्रेन स्कुलका खेलाडि पारुहाङ्ख चोम्जोङ्गको उत्कृष्ट प्रदर्शनले चिल्ड्रेन स्कुल उपाधि माथि कव्जा जमाउन सफल भएका हुन । प्रतियोगिताका उत्कृष्ट खेलाडि घोषित चेम्जोङ्गले फाइनल खेलमा व्यक्तिगत ८ अंक जोडेका थिए । उनले उपाधि सहित नगद ६ हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन ।

उत्कृष्ट खेलाडि पुरस्कार आयोजकले एक हजार नगद घोषणा गरे पनि कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष समाजसेवि प्रभु श्रेष्ठले उत्कृष्ट खेलाडिलाई थप नगद पाच हजार रुपैया प्रदान गरेका थिए ।

विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, कार्यक्रमका प्रमुख अतिथि धरान १८ न. वडाध्यक्ष प्रविण राई, सियोजन स्कुलका अध्यक्ष खड्क थापा मगर, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

दुई दिने प्रतियोगिताको सेमिफाइनल खेलभने वुधवार नै फाइनल खेल अघि खेलाइएको थियो । सेमिफाइनल खेलमा चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ११–१ र होलिल्याण्ड स्कुलले कामे्रल स्कुललाई १२–७ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

 ५ कक्षा देखि यसै वर्ष एसइइ दिएका विद्यार्थी खेलाडिहरुले सहभागिता जनाएको प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिता धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।