विजयपुर । धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ ।

धरानमा पछिल्लो १० दिनमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । उनका अनुसार सुनसरीका १२ स्थानीय तहमध्ये धरानमा सबैभन्दा बढी सङ्क्रमित छन् ।

कार्यालयका अनुसार सबै सङ्क्रमितहरूको अवस्था सामान्य रहेको र  होम आइसोलेसनमा नै रहेका छन् ।